काभ्रेपलाञ्चोकमा मात्रै ५९ जनाको निधन, चार जना बेपत्ता

काभ्रेपलाञ्चोकमा मात्रै ५९ जनाको निधन, चार जना बेपत्ता

शुक्रबार र शनिबारको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा ५९ जनाको मृत्यु भएको छ । चार जना अझै बेपत्ता रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परेर ५२ जना घाइते भएका छन् । विपद्मा तीन हजार सातसय बढीको उद्धार गरिएको छ ।

अझै पनि धेरैजना यात्रु रोशी गाउँपालिका क्षेत्रमा फसेको र उद्धारको पर्खाइमा रहेको त्यहाँबाट आएकाले बताएका छन् । वीपी राजमार्गको नेपालथोक खुर्कोट, खुर्कोट– सिन्धुलीमाडी र सिन्धुलीमाडी–बर्दिबास खण्ड सञ्चालनमा आएको छ । तर धुलिखेल– नेपालथोक खण्ड बन्द छ ।

टिप्पणीहरू