झ्याप्लेखोलाको पहिरो पन्छाउन थालियो, १ बजेसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

झ्याप्लेखोलाको पहिरो पन्छाउन थालियो, १ बजेसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

ठूलो पहिरोपछि अवरुद्ध त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड खुलाउन लागिएको छ । शुक्रबार रातिदेखि अवरुद्ध सवारी आवागमन सहज बनाउन पहिरो पन्छाउन थालिएको छ ।

बढ्दो सवारी जामलाई ध्यानमा राखेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुबैतर्फ यातायात बन्द गरेर नागढुङ्गा–नौबिसे सडक खण्डको पहिरो पन्छाउन लागिएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार पृथ्वी राजमार्गमा पनि आज मध्यान्हसम्म सबै स्थानको पहिरो पन्छाइने छ ।

टिप्पणीहरू