घर भत्केपछि पीडित परिवारलाई गोठमा सारियो

घर भत्केपछि पीडित परिवारलाई गोठमा सारियो

लगातारको वर्षापछि म्याग्दीमा एउटा घर पूर्ण रुपमा भत्केको छ । बेनी नगरपालिका–६, चुत्रेनीका ६५ वर्षे इतेन्द्र बहादुर कटुवालको ढुंगामाटोले बनेको दुई तले कच्ची घर भत्किएको छ । 

घर भत्केपछि छ जनाको परिवारलाई नजिकैको गोठमा बस्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीका अनुसार लगातारको वर्षापछि म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । मुख्य सडकमार्ग भने सञ्चालनमा आएको छ ।

टिप्पणीहरू