तहसनहस विपी राजमार्ग (फोटो तथा भिडियो )
गत बिहीबार रातिदेखिको अविरल वर्षाले धुलिखेलदेखि बर्दिबाससम्मको वीपी राजमार्गको केही भाग तहसनहस भएको छ । गत शुक्रबार रातिदेखि राजमार्गमा यातायात पूर्ण रुपले बन्द छ ।
राजमार्गको सिन्धुलीदेखि नेपालथोकसम्मको भागमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । नेपालथोकदेखि धुलिखेलसम्मको भाग क्षतिविक्षत भएको छ । सुनकोसीको कानढुङग्री र नेपालथोकमा रोशी र कोशी नदीको बाढीले राजमार्गको अवस्था सबैभन्दा खराब बनेको हो ।
विपी राजमार्गको पछिल्लो अवस्था केही फोटो र भिडियोमा देख्न सकिन्छ ।
टिप्पणीहरू