बाढी पीडितलाई राष्ट्रिय वाणिज्य बैंकको दुई करोड

बाढी पीडितलाई राष्ट्रिय वाणिज्य बैंकको दुई करोड

राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानले जनतालाई अप्ठेरोमा पारेको बेला उक्त सहयोगले निकै राहत मिल्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जानकारी गराए । 

हिजो बसेको मन्त्रीपरिषद् बैठकले कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू