मध्यरात रोकिएका महिला मानव बेचबिखन ब्युरोमा हाजिर

मध्यरात रोकिएका महिला मानव बेचबिखन ब्युरोमा हाजिर

काठमाडौंबाट दुबई र सारजाह जान जान लागेका सात जना नेपाली महिलालाई गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । हिमालयन एअरलाइन्सको उडान नम्बर एच९ ७६५ बाट राति सवा ११ बजे दुबई र एअर अरेबियाको उडान नम्बर जी५३१ बाट ११ बजे सारजाह जान लागेका ती महिलासँग भिजिट भिसा थियो । 

उनीहरुलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र इन्टरपोल इकाइको टोलीले आवश्यक सोधपुछ र छानबिन गर्ने क्रममा आशंका पैदा भएको बताइन्छ । ती सबैलाई राहदानी नियन्त्रणमा लिएर राति नै घर फर्काइएको थियो ।

उनीहरुलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज बिहान ब्युरो कार्यालय,बबरमहलमा सम्पर्कका लागि बोलाएको छ ।

टिप्पणीहरू