प्रभुरामको कुरा गरेर के साध्य

प्रभुरामको कुरा गरेर के साध्य

सैनिक सामग्री उत्पादन निर्देशनालयका हाकिम जर्नेल भोलानाथ बुढाथोकीले न कुनै माथिल्लो तहको सैनिक तालिम गरेका छन्, न त आफ्नो ट्रेडअनुसार मास्टर तहको तालिम नै लिएका छन् । पूर्वसेनापतिको चाकरी गरेर समयमै दुई तारे जर्नेल भ्याइदिए । म अशोक सिग्देलको बेसिक साथी हुँ, तेस्रो सिनियर जर्नेल हुँ भन्दै हिँडेका छन् ।

हरेक महिना ग्रिनेड उत्पादन केन्द्र मकवानपुरको भीमफेदी सुपिङबाट, स्वयम्भू बारुद्खानाबाट, सुन्दरीजल आर्सनलबाट, कालिकास्थान लघु उद्योगबाट, विद्युत् यान्त्रिक सेवा केन्द्रबाट मातहतका कमाण्डरहरूलाई दबाबमा राखेर रकम र पेट्रोल लाने गर्छन् । मातहतलाई बजेट बिनियोजन गर्दा यति रकम दियौ भने यति रकम निकासा गर्दिन्छु भनेर मोलमोलाइ गर्छन् । यान्त्रिक सेवा केन्द्रले गाडी मर्मतका लागि स्पेयर पार्ट्स खरिद गर्ने ठाउँ कुलेश्वरबाट पनि खाने गर्छन् । आफन्त सिभिल नातेदारको गाडी सेवा केन्द्रमा ल्याएर मर्मत गर्न दबाब दिन्छन् । शान्ति सेना र पदोन्नतिमा पनि हस्तक्षेप गर्छन् । जागिर १ वर्ष बाँकी छ, कहिले एक वर्ष बित्ला भनेर मातहतका कमाण्डरहरू दिन गनेर बसेका छन् । 

त्यसैगरी नालिन्चोके खत्री जर्नेल प्रदीप केसीले अब ३ तारे हुन्छु भनेर बसेका छन् । आजीवन क्याडेट भर्नाको आइ.ओ. अफिसर भएर बिचौलियामार्फत नाम आएको छ भने आँखा चिम्लेर पास गर्छन्, नत्र भने आकाशको तारा झारे पनि फेल गर्छन् ।

भरत भण्डारीले कमाण्ड गरेको अस्पतालको अवस्था नाजुक छ । बिरामीको चाप भएको बेला एचओडीको मिटिङ बोलाइदिन्छ, बिरामी डाक्टर कहिले आउँछन् भनी निराशापूर्वक इन्तजार गरेका हुन्छन् । त्यत्तिकैमा लञ्च ब्रेक हुन्छ । बिरामी डाक्टर आइहाल्छन् कि भनेर २ बजेसम्म भोकै पर्खिन बाध्य छन् । अधिकांश बिरामीलाई पिजी र इन्टर्न डाक्टरहरूले मात्रै चेक गरेका हुन्छन्, आर्मीका डाक्टरहरूको नाक, मुख नै देख्न सकिन्न । अनि चिफ साहेबको भिजिट भयो भने, रक्षामन्त्रीको भिजिट भयो भने आर्मी डाक्टरहरूको भीड देखिन्छ । अस्पतालको बेथिति यस्तो छ । 

प्रभुरामले प्रचण्डको दबाब थेग्न नसकेर यमबहादुरलाई टर्म थपी दुई तारे बन्ने बाटो खोलेर गएका छन् । । ओलीको चाकरी गर्न झापाली ज्वाइँ गौरव तन्डुललाई ५ वर्षसम्म करारमा जागिर ख्वाए । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्रामलाई छोटकरीमा एसएसपी भन्नसमेत पछि परेनन् । कोही नहुने जर्नेल, कर्नेलहरूलाई योग्यता भएर पनि घर पठाए । प्रेम शाहीलाई अमानवीय व्यवहार गरे । शशिभवनमा हरेक रात प्रशान्त राणाजस्ता ठेकेदार र दलालहरूसँगको उठबस गराए ।
 

टिप्पणीहरू