दशैं लागेपछि धमाधम लागूऔषध कारोबार

दशैं लागेपछि धमाधम लागूऔषध कारोबार

राजधानीमा लागूऔषध कारोबार गर्दै आएका छ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५, चमतीस्थित डेरामा बस्दै आएका काभ्रेपलाञ्चोकका १९ वर्षीय नवीन रिजाल, चितवनकी २५ वर्षीया अनु तामाङ, नागार्जुन बस्ने तनुहँका २५ वर्षीय सुवास परियार, बालाजु बस्ने धादिङका २८ वर्षीय राजेश परियार, काठमाडौंका २६ वर्षीय अनिस महर्जन र धादिङका ४० वर्षीय केशर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार चमतीस्थित डेरामा बस्दै आएका नवीनको कोठामा लागूऔषध बेचबिखन हुने गरेको गोप्य सूचना प्राप्त भएपछि हिजो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट प्रहरीले नाइट्राभेट सात सय ६५ पिस, ट्रामाडोल पाँच सय ५० पिस, स्ट्रागन तीन सय ७० पिस, स्पास ३० पिस, गाजाको धुलो दुई सय ग्राम, नगद २९ हजार सात सय रुपैयाँसहित धारिलो चक्कु र फलामको नख एक/एक थान बरामद गरेको छ ।

टिप्पणीहरू