पार्किङबाट टायर गायब, प्रश्नको घेरामा प्रधानमन्त्री

पार्किङबाट टायर गायब, प्रश्नको घेरामा प्रधानमन्त्री

‘प्रधानमन्त्रीलाई चर्चा कमाउन हतार, मन्त्रीलाई प्रधानमन्त्रीको प्यारो बन्न हतार, ठेकेदार र कर्मचारीलाई काम ठग्न हतार, अनि दु:ख चाहिँ नागरिकले पाउनुपर्ने ?’- निर्माणधीन धरहराको भूमिगत पार्किङबाट दिउँसै बाइकको टायर चोरी भएपछि निरज कार्कीको आक्रोश हो यो । 

पुनर्निर्माणको काम सम्पन्न नहुँदै सरकाले संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणको लागि खुल्ला गरेको थियो । तर केही दिनयता त्यही धरहराको पार्किङबाट सवारी साधन धमाधम चोरी हुन थालेका छन् । 

गत साता मात्रै दुई वटा स्कुटर हराएको खबर सार्वजनिक भएको थियो । हिजो दिउँसो फेरि पार्किङमा रहेको बाइकको टायर चोरी भएको छ । सवारी धनीले भनेका छन्, ‘हिजो दिउँसो १ बजेतिर धरहराको पार्किङमा राखिएको बाइकको टायर गायब भएको छ ।’

पार्किंङमा सिसिटिभी जडान भए पनि सञ्चालनमा आइनसकेका कारण चोर पत्ता लाग्ने सम्भवना देखिदैन । सस्तो लोकप्रियताका लागि निर्माण पुरा नहुँदै सरकारले हतारमा धराहरा खुलाउँदा सर्वसाधारण मर्कामा परेको यो एउटा उदाहरण हो । 

बाइकको टायर चोरी भएको घटना थाहा पाएपछि राजेश जोशीले सरकारलाई व्यंग गरेका छन् । उनी भन्छन्, ‘अस्ति एउटा कार्यक्रममा केपी ओली चोर भनेको सुनेको थिएँ, आज चोरी देखियो ।’

जरिन शर्माले भने टायर चोरी भएका सवारी धनीलाई दशैँमा ससुराली जान अर्को बाइक किन्न सुझाव दिएकी छन् । उनको प्रतिक्रिया छ, ‘दशैमा ससुराली जानको लागि नयाँ चाहिएको होला, नयाँ किन्नुस् ।’

त्यस्तै, नरहरी वलीले बाइकको टायर पानीजहाजमा जोड्न लगिएको भन्दै प्रधानमन्त्रीमाथि व्यंग कसेका छन् । ‘पानी जहाजमा लगाउन लागेको श्रोतले खुलाएको छ, चिन्ता नगर्नुस्, अब बाइक हैन, पानी जहाज चढ्नुपर्छ’, उनले भनेका छन्।   

स्मरण रहोस्, ०७२ सालको भूकम्पमा भत्किएको धराहरा नौ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भइसकेको छैन । ०७८ बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री ओलीले निर्माण पूरा नहुँदै उद्घाटन गर्नुभएको थियो । अहिले पनि उहाँले नै क्यविनेबाट हतारमा धरहरा खुलाउने निर्णय गराउनुभएको हो ।

 

टिप्पणीहरू