बाढीपहिरोमा मृत्यु हुनेको संख्या २४६ पुग्यो, धेरै बागमतीमा

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २४६ पुग्यो, धेरै बागमतीमा
सुन्नुहोस्

अविरल वर्षाका कारण असोज ११ र १२ गतेको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढीपहिरोमा परेर हालसम्म दुई सय ४६ जनाले ज्यान गुमाएका छन् । 

हालसम्म १८ जना बेपत्ता रहेको जनाइएको छ । प्राकृतिक प्रकोपमा एक सय ७८ जना घाइते र १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको थियो । बाढीपहिरोमा परेर सबैभन्दा बढी बागमती प्रदेशमा एक सय ३९ जनाको ज्यान गएको छ । सात जनाको अवस्था अज्ञात र एक सय १५ जना घाइते छन् ।

सो क्रममा १३ हजार ६ सय ९४ जनाको उद्धार गरिएको छ । समग्र बागमतीमा काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ७० जनाले ज्यान गुमाएका हुन् । यहाँ पनि सात जना बेपत्ता र ३७ जना घाइते छन् । यस्तै, दुई हजार एक सय ४८ जनाको उद्धार गरिएको थियो ।  

बाढीपहिरोबाट कोशीमा २०, मधेशमा नौ, लुम्बिनीमा दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये कोशीमा १४, मधेशमा नौ र लुम्बिनीमा दुई छन् । यस्तै, कोशीमा दुई सय ९०, मधेशमा ३५ र गण्डकीमा नौ सय ९७ जनाको उद्धार गरिएको थियो ।

टिप्पणीहरू