‘भाग्यले खुशी खोसेर लग्यो’ का रचनाकारलाई श्रद्धाञ्जली दिईंदै

‘भाग्यले खुशी खोसेर लग्यो’ का रचनाकारलाई श्रद्धाञ्जली दिईंदै

स्वर्गीय वरिष्ठ गीतकार विश्व बल्लभको पार्थिव शरीरमा श्रद्धाञ्जली दिईंदै छ । केही दिनदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचाररत ८० वर्षे बल्लभको बिहान निधन भएको हो ।

बल्लभको पार्थिव शरीरलाई गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, कमलादीमा श्रद्धाञ्जली दिईंदै छ । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरका कारण निधन भएको थियो । वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका भाइ स्वर्गीय विश्वका दुई छोरी छन् । 

उनका अधिकांश गीत चर्चित छन् । तीमध्ये तारादेवीले गाएको ‘शुभकामना’ र अरूणा लामाले गाएको ‘भाग्यले खुशी खोसेर लग्यो’ विशेष हुन् ।

टिप्पणीहरू