जुवाको खालबाट डेढ दर्जन जुवाडे पक्राउ, साढे २ लाख बरामद

जुवाको खालबाट डेढ दर्जन जुवाडे पक्राउ, साढे २ लाख बरामद

कैलालीमा जुवाको खालबाट डेढ दर्जन जुवाडे पक्राउ परेका छन् । जिल्लाको दुई वटा ठाउँबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका–५, लभ्ली चोकस्थित सौरभ एण्ड सौगात नास्ता पसल र वडा नम्बर १३, श्रीलंकास्थित जंगलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा बैतडीका ३४ वर्षीय करन विष्ट, ३५ वर्षीय सुरेन्द्र विष्ट, धनगढीका ३९ वर्षीय सुरेश बुढाऐर, ३४ वर्षीय पुष्प विष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया, ४० वर्षीय पदम साउँद, ४३ वर्षीय जागुराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी हुन् ।

त्यस्तै, स्थानीय ३२ वर्षीय कृष्णदेव चौधरी, ३३ वर्षीय हिरालाल चौधरी, ४७ वर्षीय सुरेश चौधरी, २३ वर्षीय शिवु चौधरी, २४ वर्षीय हरि चौधरी, ३५ वर्षीय स्यामु चौधरी, २६ वर्षीय दिपक चौधरी, २३ वर्षीय रमेश चौधरी र ४२ वर्षीय मैते डगौरा थारुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुको साथबाट दुई लाख ४७ हजार ८५ रुपैयाँ नगदसहित आठ बुक तास बरामद भएको छ । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू