बिहानदेखि दर्शनार्थीको घुईंचो लागेको तलेजुमा साँझपख कुमारी लगिँदै
वर्षमा एक पटक मात्र खुल्ने काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा दर्शनार्थीहरुको घुईंचो बिहानदेखि उस्तै छ । सर्वसाधारणका लागि दशैंको महानवमीका दिन मात्रै खुल्ने उक्त मन्दिरमा आज बिहान ६ बजेदेखि मूल ढोका खोलिएको थियो ।
तलेजु भवानीलाई नेवार समुदायले इष्टदेवीका रुपमा पुज्ने गरेका छन् । आज नेवार समुदायले राजधानीका विभिन्न स्थानबाट परम्परागत बाजागाजासहित तलेजु भवानीको दर्शन र भक्तिभाव चढाउने गर्छन् ।
तलेजु भवानीलाई सत्रौँ शताब्दीमा सिम्रौनगढबाट नेपालमा ल्याइएको जनविश्वास छ । आज बेलुकी जीवित देवी कुमारीलाई पनि तलेजुको दर्शन गराइन्छ । त्यसअघि कुमारीघरमा पनि श्रद्धालुको उत्तिकै भीड छ ।
टिप्पणीहरू