प्रधानमन्त्रीको बोलीमा बाधक बन्यो सुख्खा पहिरो

प्रधानमन्त्रीको बोलीमा बाधक बन्यो सुख्खा पहिरो

बीपी राजमार्गमा सुख्खा पहिरो झरेपछि सवारीसाधन आवागमनको सम्भावना पुनः अनिश्चित बनेको छ ।

राजमार्गको पिप्लेमा खसेको सुख्खा पहिरोका कारण नार्केसम्मको सवारी आवागमनमा असर पुगेको छ । रोशी गाउँपालिका–९ नार्केदेखि रोशी गाउँपालिका ११ मंगलटारसम्मको सडकखण्डमा असोज १२ गतेदेखि नै सवारी आवागमन ठप्प छ । 

पिप्लेको पहिरोले ना.१ ज ६११७ नम्बरको टाटा सुमो पुरिएको बताइन्छ । प्रहरीका अनुसार उक्त बाटो खुलाउन थप समय लाग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जालमा लेख्दै आज बिहान १० बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने बताउनुभएको थियो । उहाँको घोषणा थियोे, ‘भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ ।’

टिप्पणीहरू