मीनबहादुरले जमिन दिए,अब एमाले केन्द्रीय कार्यालय पनि बनाइदिने

मीनबहादुरले जमिन दिए,अब एमाले केन्द्रीय कार्यालय पनि बनाइदिने

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र भाटभटेनी डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङ/पत्नी सावित्री गुरुङसहित भर्खरै पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

कीर्तिपुर नगरपालिका २, स्थित १० रोपनी १४ आना घडेरीमा अर्को बर्ष दशैँको घटस्थापनाभित्र कार्यालय निर्माण गरेर हस्तान्तरण गरिसक्ने जग्गादाता गुरुङले बताए । त्यहाँ राखिएको शिलालेखमा लेखिएको छ, ‘यस  जमिनको दाता : मीनबहादुर गुरुङ÷सावित्री गुरुङ (भाटभटेनी) । उक्त जग्गाको लोकेशन चन्द्रागिरी नगरपालिकाको तीनथाना नजिकै सीमानामा पर्छ । 

२०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमाले कार्यालय धुम्बाराही, थापाथली हाइट हुँदै ललितपुरको च्यासलमा भाडामा सञ्चालन हुँदै आएको छ ।

टिप्पणीहरू