राष्ट्रपति पौडेल राजधानीका शक्तिपीठ दर्शन गर्दै
राष्ट्रपति रामचन्द्र पौडेल राजधानीका शक्तिपीठ दर्शनमा निस्कनुभएको छ । उहाँ श्रीमतीसहित आज दिउँसो साढे २ बजे गुह्येश्वरी पुग्नुभएको छ ।
गुह्येश्वरीको दर्शनपछि उहाँ मैतिदेवी जानुभएको छ । त्यसपछि नक्साल भगवती, डिल्लीबजारको कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, शोभाभगवती, दक्षिणकालीको दर्शन गर्ने बताइन्छ ।
टिप्पणीहरू