चीनमा विश्व कीर्तिमान बनाएको टोलीलाई विमानस्थलमा स्वागत

चीनमा विश्व कीर्तिमान बनाएको टोलीलाई विमानस्थलमा स्वागत

चीनको सिसापाङ्गमासहित ८ हजार मिटरभन्दा अग्ला ९ वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान राखेका नेपाली पर्वतारोही रिन्जी शेर्पासहितको टोलीलाई भव्य स्वागत गरिएको छ । 

पर्यटन विभागका महानिर्देशकसहित पर्यटन क्षेत्रका विभिन्न व्यक्तिले उनीहरुलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको सिसापाङ्गमासहितका हिमाल आरोहण गर्नेहरुमा दावा यान्जुम शेर्पा, तेन्जे गुरुङ, मिङ्गमा ग्याल्जे शेर्पा, दावा गेल्जे शेर्पा, निर्मल पुर्जा, पासाङ टेण्डी शेर्पा, पासाङ नुर्बु शेर्पा र मिङ्गतेम्बा शेर्पा छन् ।

उनीहरु हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९७७५ मार्फत आज मध्याह्न काठमाडौँ आइपुगेका हुन् ।

टिप्पणीहरू