भारत र अमेरिकाबीच नयाँ सुरक्षा सम्झौता

भारत र अमेरिकाबीच नयाँ सुरक्षा सम्झौता

भारत र संयुक्त राज्य अमेरिकाबीच दुई नयाँ सम्झौता भएको छ । राजधानी नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयमा जल तथा वायु सेनाको सैन्य विमानहरु मर्मतसम्बन्धी सम्झौता गरिएको छ ।

रक्षा सचिव गिरीधर अरमनेको उपस्थितिमा भएको सम्झौतामा वायु तथा समुन्द्री सुरक्षामा प्रयोग हुने एमक्यु ९ बी विमानको मर्मत गरिने उल्लेख छ । निकै उचाइमा उड्ने ती विमानहरुमा हाइ अल्टिच्युड लङ इन्डुरेन्स (हले) र रिमोट्ली पाइलटेड एअरक्राफ्ट सिस्टम्स (आरपीएएस) को मर्मत गरिने छ । 

अटोमोटिक्स ग्लोबल इण्डिया प्रा.लि.ले ती विमान मर्मतका लागि लजिष्टक सपोर्ट गर्नेछ ।

टिप्पणीहरू