सशस्त्रमा के को हो संकट ?

सशस्त्रमा के को हो संकट ?

बाढीमा आफ्नो कमजोरी नदेखेको भए पनि सशस्त्रका आन्तरिक विषय भने निकै संवेदनशील बनिरहेका छन् । अहिले एक जना डिआइजी आनन्दले काजमा वर्ष दिनभन्दा बढी टिकिरहेको घटना संगठनभित्र चासो र चर्चाको विषय बनेको छ । 

२०८० साल भदौ ४ गते नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला मन्त्रिस्तरीय निर्णयद्वारा डिआइजी कमल गिरीलाई काजमा एकेडेमी पठाइयो । अर्का डिआइजी अभि खत्रीलाई ५ नम्बर बाहिनी गए । त्यसैगरी ४ जना एसएसपीलाई विभिन्न केन्द्रमा काज तोकियो । यसबीच अभि खत्री सेवानिवृत्त भएर घर फर्किए । बाँकी सबै एसएसपीलाई एक वर्ष कार्यकाल सकेर २०८१ साउन ३२ गते तोकिएको मितिमै आ–आफ्नो ठाउँमा सरुवा गरियो । तर, कमल गिरीको हकमा भने काज सकिएन र उनलाई एकेडेमीबाट अन्यत्र लगिएको छैन । 

समाचार स्रोत भन्छ– अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका एक सहसचिवले उनलाई काँध थापेका छन् । गृहका एकजना सचिव भछन्– कमल गिरी कतिसम्म बलिया छन् भने संगठनको उच्च तहको बैठकमा महानिरीक्षकका प्रस्तावहरूको ठाडै प्रतिवाद गर्छन् र उनले बोलेका कुराहरू भुइँमा झर्न नपाउँदै काट्ने गर्छन् । अफिसर क्याडेटको तालिम पूरा गर्न बाँकी भन्ने निहुँ देखाएर सरुवा रोक्ने हो भने उनी मातहतको तालिम केन्द्रहरूनै हालैको विपतमा प्रभावित बनेको र सशस्त्र बल स्वयंलाई उद्धार गर्नुपरेको घटनाले देखाउँछ । ककनीमा दुईजनाले ज्यान गुमाए, नौवस्तामा एकजनाको ज्यान गयो । विभिन्न तालिम केन्द्रमा गरेर अहिले १०० जनाभन्दा बढी घाइते छन् । एकातिर अन्य डिआइजी खाली छन् । र, त्यत्तिकै हेडक्वार्टरमा हल्लिएर बसिरहेका छन् । पुरुषोत्तम थापा, कुमार न्यौपाने, लक्ष्मण सिंह र दिपेन्द्र शाह तिनैमध्येमा पर्दछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू