सन्दीप लामिछानेको राति नै अमेरिका उड्ने तयारी

सन्दीप लामिछानेको राति नै अमेरिका उड्ने तयारी

क्रिकेटर सन्दीप लामिछानेलाई संयुक्त राज्य अमेरिकाले भिसा दिएको छ । भिसा पाएलगत्तै उनी आजै बेलुकी अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको जानकारी गराउँदै उनी आजै बेलुकी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको बताएको छ ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित विश्वकप लिग–२ श्रृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरि रंगशालामा हुँदैछ । सन्दिप उक्त प्रतियोगितामा सहभागी हुन आजै अमेरिका जान लागेका हुन् ।

टिप्पणीहरू