‘रवि दाइ’ सँगै रास्वपा नेताहरु मर्न तयार

‘रवि दाइ’ सँगै रास्वपा नेताहरु मर्न तयार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता मनिष झाले आफूहरु शहीद बन्न तयार रहेको बताएका छन् । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आयोजित प्रदर्शनमा बोल्दै झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि सभापतिसँगै आफूहरु पनि मर्न तयार भएको दाबी गरेका छन् ।

सरकारमा रहेका दलहरुलाई ठीक पारेर छाड्ने झाको उद्घोष छ । हिजो पक्राउअघि रविले आफूलाई जिउँदो छाडेमा भ्रष्टहरुलाई तह लगाउने बताएका थिए । झाले पनि रवि दाइ मर्न तयार भए आफुसमेत मर्न राजी रहेको उल्लेख गरे ।

आफ्नो दलको शहीद नभएकाले शहीद बन्न तयार रहेको उनले उल्लेख गरे । त्यसैगरी उपसभापति डिपी अर्यालले संसदीय छानविन समितिले सहकारीमा कुनै संलग्नता नदेखिए रिपोर्ट बुझाएपछि आगामी निर्वाचनमा आफूहरु सकिने भयले ओली नेतृत्वको सरकारले सभापतिलाई पक्रेको जनाए । 

रवि लामिछाने निर्धक्क रहेको जनाउँदै अर्यालले भने, ‘हामीलाई न्यायलयप्रति विश्वास छ । सरकार मरेपनि न्यायलय मरेको छैन ।’

टिप्पणीहरू