वर्षमानको आक्रोश : रवि खोरमा, धनराज र ऋषिकेश घरमा ?

वर्षमानको आक्रोश : रवि खोरमा, धनराज र ऋषिकेश घरमा ?

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले एउटै आरोपमा मुछिएका व्यक्तिहरुमाथि सरकारले विभेद गरेको बताएका छन् । दशैँ मनाउन गृह जिल्ला रोल्पा पुगेका पुनले सदरमुकाममा पत्रकारहरुसँग गरिएको कुराकानीमा रास्वपा सभापति रवि लामिछानेलाई मात्र पक्राउ गरेकोमा आक्रोश पोखेका हुन् । 

लामिछानेलाई पक्राउ गर्दा काँग्रेस उपसभापति धनराज गुरुङ र संघीय संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेललाई किन उन्मुक्ति दिएको ? उनले प्रश्न गरे । ‘रवि लामिछानेलाई जस्तै आरोप गुरुङजी र पोखरेलजीलाई पनि छ’, उनले भने, ‘यसमा दोहोरो नहोस्, रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस्, गुरुङलाई पनि त्यही होस् ।’

सीमित स्वार्थका लागि कसैलाई उन्मुक्ति दिन खोजिए आफ्नो पार्टीले कडा प्रतिवाद गर्ने पुनको चेतावनी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा एकजना व्यवसायीसँग लिएको रहस्यमय ११ रोपनी जग्गा दानको विवादलाई पन्छाउन रविमाथि प्रतिशोध साँधिएको दाबी गरेका छन् । भनेका छन्, ‘केपी ओलीले एउटा व्यक्तिबाट अर्ब चन्दा लिनुको कारण के हो ? एमालेले जवाफ दिनुपर्छ ।’

टिप्पणीहरू