प्रचण्डसँग हैरान बाबुरामको रविमाथि सहानुभूति

प्रचण्डसँग हैरान बाबुरामको रविमाथि सहानुभूति

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा कसैलाई फसाउन नपाइने बताउनुभएको छ । लोकतन्त्रमा विधिको शाषण लागु हुने उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधभन्दा पनि पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने धारणा राख्नुभएको छ । 

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो, ‘जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभएपनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसकेकाले उहाँप्रति मेरो सहानुभूति छ ।’ लोकतन्त्रमा विधिको शासन हुने भएकाले पारदर्शिता कायम राख्न आग्रह गर्दै निर्दोषलाई फसाउन नहुने उहाँको भनाई छ ।

डा. भट्टराईले आफ्नै पूर्व सहकर्मी तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति भने हैरानी व्यक्त गर्नुभएको छ । प्रचण्डको पुरानो बानी अझै नसुध्रेको गुनासो गर्दै भन्नुभयो, ‘प्रचण्डजीमा सच्चिने खालको लक्षणचाहिँ देखिएन । खोलो तर्यो, लौरो बिर्स्यो । अप्ठेरो परेको बेलामा लत्रक्क परेर आउने र अलिकति बल पाउनेबित्तिकै फेरि लात हान्ने उहाँको चरित्र छ ।  उहाँले त्यो चरित्र फेरि त्यो देखाउनुभयो ।’

टिप्पणीहरू