दुर्गा प्रसाईंका दुई संयोजक निष्कासित

दुर्गा प्रसाईंका दुई संयोजक निष्कासित

मेडिकल व्यवसायी तथा राजावादी दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ महाभियान'का अर्का दुई सदस्य निष्कासनमा परेका छन् । 

'शुद्धीकरण अभियान' का नाममा पछिल्लो समय प्रसाईंका आलोचकहरु भटाभट कारवाहीमा परिरहँदा अभियानका मेची र कोशी अञ्चल संयोजकद्वय हरि श्रेष्ठ र बृजेश कुमार थापा पनि गलहत्याईएका हुन् । उनीहरुलाई आर्थिक अपचलनसँगै अप्राकृतिक गुटबन्दी गरेको आरोप लगाइएको छ । 

साधारण सदस्यसमेत नरहने गरी कारवाहीमा परेका श्रेष्ठ र थापामाथि सहकर्मीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा हालेको, ऋण एशोसिएशन इलामको कार्यालयमा तालाबन्दी गरेको, कार्यालयका सामाग्री घर लगेकोलगायत अन्य आरोप पनि लगाइएको छ । उनीहरुको स्थानमा क्रमश: देवी संग्रौला र राजु तामाङ संयोजक तोकिएको अभियानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, इलाममा कृष्ण श्रेष्ठ र सुनसरीमा सुरज सिंहलाई संयोजकको जिम्मा दिने प्रसाईले निर्णय गरेका छन् ।

टिप्पणीहरू