सीआईबी प्रमुखको नाममा आतंक

सीआईबी प्रमुखको नाममा आतंक

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापाको नाम र फोटो प्रयोग गरी अरुलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन् । 

मोरङको विराटनगर महानगरपालिका–१, ठूलो मिल चोक बस्दै आएका ३० वर्षीय हेमकुमार खड्कालाई उक्त अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । उनले ट्रुकलर नामक एपमा सीआईबी प्रमुख थापाको नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिलाई आफू ब्युरोको कर्मचारी भन्दै फोनबाट धाकधम्की दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई हिजो पक्राउ गरेको हो । खड्कामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू