अनुदान हाेइन, फेरि १५ करोड डलर ऋण

अनुदान हाेइन, फेरि १५ करोड डलर ऋण

विश्व बैंकले नेपाललाई विपद् व्यवस्थापनको निम्ति १५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । बैंकले तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत उक्त ऋण उपलब्ध गराउन लागेको बताइएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वाशिंगटनमा जारी वार्षिक बैठकको क्रममा उक्त ऋण सम्झौता भएको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कोषको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी छन् । बजेटरी सहायताको उक्त ऋण विपद् पछिको पुनस्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुने जनाइएको छ ।

अर्र्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औँ वार्षिक बैठकको क्रममा दक्षिण एसिया क्षेत्रका गभर्नरहरूको संयुक्त बैठकमा पनि सहभागी हुनुभएको छ । उहाँले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग छुट्टाछु्ट्टै भेट गर्नुभएको छ ।

टिप्पणीहरू