पोखराको व्यापार बढेकोमा एमाले सांसद खुशी

पोखराको व्यापार बढेकोमा एमाले सांसद खुशी
सुन्नुहोस्

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले लोकतन्त्रमा भीडले दबाब सिर्जना गरे पनि निर्णय गर्न भने नसक्ने टिप्पणी गरेका छन् । 

रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा कार्यकर्ताले गरेको प्रदर्शनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । कानुन आकर्षित भएको विषयमा अनाश्यक भीड जम्मा गरेर कन्पारो तताउने कि नतताउने ? बाँस्कोटाले  रास्वपालाई रोज्ने सुविधा पनि दिएका छन् ।

‘कानुन आकर्षित भएका विषयमा डेमोक्रेसीले दबाबपूर्ण एक्सन त गर्न सक्छ तर फैसला गर्न सक्दैन’, उनले भनेका छन्, ‘कन्पारो तताउनु- नतताउनु हरेकको आफ्नै मर्जी ।’

पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले रास्वपा कार्यकर्ताको भेलाले पोखराको व्यापार बढेकोमा भने खुशी व्यक्त गरे । ‘थप पाच/सात हप्ता पनि यस्तै रह्यो भने पोखराले राम्रै कमाई गर्ने भो’, उनको भनाई छ । 

बाँस्कोटाले यस्तो अभिव्यक्ति दिइरहँदा कतिपय सञ्जाल प्रयोगकर्ताले भने ‘के को व्यापार बढ्यो ?’ भनेर सोधका छन् । जवाफमा मानबहादुर गुरुङले ‘होटलहरु हाउसफूल छन्’, भनेका छन् । 

निरज घिमिरेले मेडिकल तथा फार्मेसीको व्यापार बढेको भन्दै कटाक्षपूर्ण टिप्पणी गरेका छन्, ‘पोखराको आन्दोलन सुरक्षित छ, असुरक्षित छैन ।’

कण्डमको बिक्री ह्वात्तै बढेपछि पोखराका औषधि पसले दंग

टिप्पणीहरू