रास्वपाले सडक नछोड्ने, बाँकी कुरा भोलि

रास्वपाले सडक नछोड्ने, बाँकी कुरा भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध सडक प्रदर्शन जारी राख्ने निर्णय गरेको छ । 

केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनबाट पछि नहट्ने निर्णय लिएको हो । भोलि बस्ने बैठकले आन्दोलनको स्वरूपबारे थप निर्णय गर्ने सहप्रवक्ता मनिष झाले जानकारी दिए । 

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ । हिजोसम्म पोखरा केन्द्रित प्रदर्शन आजदेखि काठमाडौँमा शुरु गरेको छ ।

टिप्पणीहरू