माओवादीका कारण रास्वपा कीर्तिपुर सर्ने

माओवादीका कारण रास्वपा कीर्तिपुर सर्ने
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउविरुद्ध आज पनि सडकमा उत्रने भएको छ ।  

आज दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय गेटअगाडि प्रदर्शन गर्ने जनाइएको छ । एक हप्ता पोखरामा विरोध गरेर हिजो माइतीघर मण्डलामा प्रदर्शन गरेको रास्वपा आज कीर्तिपुर सर्न लागेको हो । 

हिजो बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले आन्दोलनबाट पछि नहट्ने निर्णय गर्दै आज थप जानकारी गराउने बताएको थियो । दिउँसो १ बजे बस्ने तय भएको आजको बैठक अपराह्न ३ बजेलाई सारिएको छ । 

यता, आजै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । भृकुटीमण्डपमा हुने माओवादीको कार्यक्रमले माइतीघरलगायतका क्षेत्र भरिभराउ हुने भएपछि रास्वपाले कीर्तिपुरमा प्रदर्शन गर्न लागेको हो ।

टिप्पणीहरू