सरकारसँग काङ्ग्रेस नेता सशंकित

सरकारसँग काङ्ग्रेस नेता सशंकित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि संसदका प्रमुख दुई पार्टी मिलेर सरकार बनाएको भए पनि त्यसअनुसार काम नभएको बताए । कांग्रेसले एमालेसँग सहकार्य र प्रतिष्पर्धा संगसंगै अगाडि बढाउनुपर्नेमा पनि शेखरले जोड दिएका छन् । 

अर्बौंको बक्यौता उठाउन छोडेर सरकार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको पछाडि लागेको भन्दै उनले सरकारको कडा आलोचना गरे । ऋण काढेर देश चलाउने तर बिजुलीको बक्यौता उठाउन नदिने कुरा ठीक नभएको उनको भनाई छ । 

त्यस्तै, उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजिएको भन्दै शेखरले असन्तुष्टि जनाए । संसद्को यही कार्यकालमा एमालेलाई पहिलो दल बनाउनेगरी प्रधानमन्त्री ओलीले ल्याउन लागेको दल विभाजनजसम्बन्धी अध्यादेशको पनि उनले विरोध गरे ।

टिप्पणीहरू