दलालको घरमा मध्यरात बनेको सरकारले भ्रष्टको संरक्षण गर्यो : प्रचण्ड

दलालको घरमा मध्यरात बनेको सरकारले भ्रष्टको संरक्षण गर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको दाबी गर्नुभएको छ । 

आज काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले केपी ओली नेतृत्वको सरकार गठनको आधार नै सुशासनविरुद्ध रहेको बताउनुभयो । आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरमा गई रातको १२ बजे अप्राकृतिक संसर्गबाट सरकार बनेको उल्लेख गर्दै प्रचण्डले सय दिन पुग्दानपुग्दै उक्त कुरा पुष्टि भएको बताउनुभयो ।

आफूहरुले खबरदारीसभा राख्नेबित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं,बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजान खबरदारीका निम्ति मात्रै यो सभा गरिएको हो ।’ 

प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएकोको कांग्रेस-एमालेलाई धन्यवादसमेत दिनुभयो ।

माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु दलाल र पुँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस भएको बताउनुभयो ।

भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको जनाउँदै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएकोको कांग्रेस-एमालेलाई धन्यवादसमेत दिनुभयो । जनताको पूर्ण मुक्ति नहुँदासम्म आफूहरु लडिरहने उहाँले कार्यकर्तासामु प्रतिवद्धतासमत जनाउनुभयो ।

 

टिप्पणीहरू