अघिल्लो दिन खाली, भोलिपल्टै हरियाली (फोटोफिचर)

अघिल्लो दिन खाली, भोलिपल्टै हरियाली (फोटोफिचर)
सुन्नुहोस्

चाइनाको राजधानी बेइजिङमा शरद ऋतुमा पनि जताततै हरियाली र फूलको बगैंचा देख्न सकिन्छ ।

बेइजिङको चाङपिङ जिल्लास्थित एकेडेमी फर इन्टरनेशनल बिजनेस भवन फूलसँगै हरियालीमा सजिएको छ ।

कुनै समय मरूभूमि जस्तै रूखो शहर अहिले हरियालीकाे दिशातर्फ उन्मुख छ।

बेइजिङको सडकमा हिँड्दा देखिने हरियालीले आफ्नो गाउँघरको सम्झना दिलाउँछ । बाटो छेउछेउ कतै रूखैरूख त कतै घरै घरको जङ्गल छ ।

कुनै समय विश्वकै प्रदूषित शहरमध्ये बेइजिङ पनि एक थियो तर अहिले यसको मुहार फेरिएको छ ।

अचम्मै लाग्छ,बेइजिङमा आज खालि देखिएको जमिनमा भोलिपल्ट टेको लगाएर उभिएको रूख खडा भइरहेको हुन्छ । शहरका खालि ठाउँमा रूखै रूख लगाएर कृत्रिम जङ्गल जस्तै बनिसक्छ ।

चीनमा यति दुःख गरेर रूख संरक्षण गरेको देख्दा नेपाली वनजंगलको याद आउँछ ।

सायद नेपालको हावापानीमा वनजंगल विकासनिम्ति यति धेरै मेहनत गर्नै पर्दैन होला । भौतिक विकास मानवीय आवश्यकता हो ।तर,विकासको नाममा विनाश मात्रै गर्नु हुँदैन जसले भावी पुस्ताका लागि भयावह अवस्था ल्याउन सक्छ ।

यो दृश्य हेर्दा ‘हरियो वन नेपालको धन’ भन्ने नारा उखानमा मात्रै सीमित भएको आभाष हुन्छ ।

टिप्पणीहरू