रङ्गशालामा अहिले रमिता छ

रङ्गशालामा अहिले रमिता छ
सुन्नुहोस्

दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेलमा 'ब्ल्याक'मा टिकट खरिदबिक्री भएको छ । खेल हेर्न रंगाशाला पुगेका दर्शकले त्यस्तो गुनासो गरेका छन् । 

रंगशालामा करिब १२ हजार दर्शक रहेको र खेलको पहिलो हाफ सकिँदासमेत दर्शकहरु पुग्ने क्रम जारी रहेको बुझिएको छ ।

सामान्य टिकटको मूल्य पाँच सय तोकिएको छ । भिआइपी प्यारापिटको टिकट भने महंगो हुन्छ । तर, रंगशालाकै कर्मचारी र सुरक्षा गार्डले सामान्य प्यारापिटको टिकट पनि एक हजारदेखि दुई हजारमा खरिदबिक्री गरेको बुझिएको छ । 

अनलाइनबाट टिकट काटेका दर्शकहरुलाई छिर्न दिइएको छैन भने रंगशाला व्यवस्थापनले कालोबजारी रोक्न चासो देखाएको पाइएन । 

गेटबाहिर रंगशालाकै स्वयंसेवकहरुले तोकिएको मूल्यभन्दा बढीमा टिकट बेच्दा पनि सम्बन्धित निकायको ध्यान नगएको दर्शकले गुनासो गरेका छन् ।

टिप्पणीहरू