बलात्कार आरोपी प्रहरीद्वारा हिरासतमै प्राण त्याग
दाङमा बलात्कार मुद्धा खेपिरहेका एक प्रहरी जवानले हिरासतभित्रै प्राण फालेका छन् ।
सशस्त्र प्रहरी जवान रेवन पचभैयाले घोराहीस्थित हिरासतको शौचालयभित्र झुन्डिएर आत्महत्या गरेका हुन् ।
गत असोज २४ गते फूलपातीको दिन भालुवाङमा पिङ खेल्न गएका दुई नाबालिकालाई सशस्त्र प्रहरी जवानले प्रलोभन देखाएर बलात्कार गरेको आरोप छ । दुई जनामाथि त्यस्तो आरोप लागेकोमा रेवन आज बिहान पाँच बजे गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जनकारी दिए ।
उनले जनआस्थासँग भने, 'पचभैया आज बिहात चर्पीभित्र मृत भेटिए, अर्का आरोपित मगर ठीक छन् ।'
रेवनले किन आत्महत्या गरे ? भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता दुई नाबालिकाका परिवारले दुई हप्तादेखि न्याय माग्दै आन्दोलन गरिरहेका छन् । जसको कारण भालुवाङ परिसर तनावग्रस्त समेत हुँदै आएको छ ।
टिप्पणीहरू