प्रधानमन्त्री पुग्नुअघि रंगशालामा कुकुर परिचालन

प्रधानमन्त्री पुग्नुअघि रंगशालामा कुकुर परिचालन

साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शक पुग्न थालेका छन् ।

 साँझ साढे ६ बजे खेल सुरु हुने भएपनि तीन बजेदेखि नै दर्शकहरु रंगशाल प्रवेश गरिरहेका छन् । फाइलनमा उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ । 

टिकेटिङ पार्टनर माउन्ट इभेन्ट्सले आइतबारको सेमिफाइनलमा रंगशालाको क्षमताभन्दा बढी दर्शक भित्राएपछि आज एन्फाले भौतिक रुपमा टिकट बिक्री गरेको छ । अनलाइन बुकिङ बन्द भएको कारण तीन घण्टामै सबै टिकट बिक्री भएको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली पनि आजको खेल हेर्न रंगशाला जाँदै हुनुहुन्छ । प्रधानमन्त्री जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा गरिएको छ । भर्खरै नेपाल प्रहरीले रंगशालाभित्र तालिमप्राप्त कुकुर परिचालन गरेर सुरक्षा चेकजाँच गरेको छ ।

टिप्पणीहरू