विश्वकै सबैभन्दा प्रदूषित सहरमा लकडाउन

विश्वकै सबैभन्दा प्रदूषित सहरमा लकडाउन

पाकिस्तानको लाहोर सहरमा लकडाउन घोषणा गरिएको छ । विश्वकै सबैभन्दा प्रदूषित वायु पाइएपछि लाहोरमा प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।

वायु गुणस्तर सूचक ‘एक्यूआई’ एक हजारभन्दा माथि पुगेपछि एक साताका लागि विद्यालय बन्द गरिएको जनाइएको छ । सरकारी कार्यालयका कर्मचारीलाई पालैपालो हाजिर हुन निर्देशन दिइएको छ ।

दिनहुँ ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्न थालिएको छ । स्थानीय सरकराले ‘ग्रिन लकडाउन’ भन्दै सबैलाई अनिवार्य मास्क लगाउन भनिएको छ ।

लाहोरपछि नयाँ दिल्ली सबैभन्दा प्रदूषित सहरमा दर्ज भएको छ । काठमाडौं प्रदूषित सहरको १७ औं स्थानमा उक्लिएको बताइन्छ ।

टिप्पणीहरू