पार्टी प्यालेस नजिकै जुवाको खाल, पौने सात लाख बरामद
काठमाडौंको बौद्धमा जुवा खेलिरहेको अवस्थामा डेढ दर्जन बढी जुवाडे पक्राउ परेका छन् । आज दिउँसो १ बजे बौद्धस्थित रामहिटी रामनगर पार्टी प्यालेस नजिकै रामबहादुर सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित २० जना समातिएका हुन् ।
स्थानीय सुमेश लामा, चिनकुमार गोले, लालबहादुर विक, विरबहादुर मगर, विजयकुमार पण्डित, मैतीदेवी बस्ने सन्तोष कालिकोटे, कपनका सुनिल बानियाँ, कृष्ण भुजेल, दिपेन सुनार, भीम बराइली पक्राउ परेका हुन् ।
त्यस्तै, भक्तपुर बस्ने प्रेम गहतराज र गुणराज विक, दक्षिणढोका बस्ने पूर्णबहादुर सेञ्चुरी, ललितपुर बस्ने रोशन सुनार, कीर्तिपुरका अनिल विक, काभ्रेस्थली बस्ने रामकृष्ण विक, मूलपानीका कृष्णबहादुर बुढाथोकी र कागेश्वरी मनोहरा बस्ने नारायण विक पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट संयुक्त रुपमा खटिएको टोलीले घरको भुईतल्लामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको हो । उनीहरुको साथबाट ६ लाख ६९ हजार ८१० रुपैयाँ नगदसहित नौ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू