सहकारी ठगीपछि ससुरालीमा बस्दै आएका उपाध्यक्ष समातिए

सहकारी ठगीपछि ससुरालीमा बस्दै आएका उपाध्यक्ष समातिए

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । उनलाई पोखरा महानगरपालिका–२, अर्चलबोटस्थित ससुराली घरबाट समातिएको प्रहरीले जनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका–३, घाचोक लम्सालथर स्थायी ठेगाना भई पोखरा–५, पस्र्याङ बस्दै आएका ३४ वर्षीय लम्साललाई हिजो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले समातेको हो । 

सहकारी ठगीमा संलग्न रहेका उनी लामो समयदेखि फरार थिए । उक्त सहकारी ठगीमा पक्राउ परेका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही थुनामै छन् ।

सहकारीको ३१ करोड ७८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा कास्की प्रहरीले गत पुस ८ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको थियो । त्यसपछि जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो ।
 

टिप्पणीहरू