ऊर्जामन्त्रीको दक्षिणबाट आगमन, गभर्नर सात समुन्द्र पारीबाट

ऊर्जामन्त्रीको दक्षिणबाट आगमन, गभर्नर सात समुन्द्र पारीबाट

जलस्रोत तथा ऊर्जामन्त्री दीपक खड्का भारतको राजधानी नयाँ दिल्लीबाट स्वदेश फर्केका छन् । उनी आइतबारदेखि आजसम्म आयोजित अन्तर्राष्ट्रिय सौर्य संगठनको कार्यक्रममा भाग लिएर फर्केका हुन् । 

चार सदस्यीय टोली भिस्तारा एअरको उडान नम्बर युके १५५ मा दिउँसो साढे ४ बजे यहाँ आइपुगेको हो । त्यसपछि मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलनसमेत गरेका थिए ।

यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि स्वदेश फर्केका छन् । उनी अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिएर आज बिहान काठमाडौं आइपुगेका हुन् । 

अधिकारी कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा बिहान सवा १० बजे दोहा हुँदै स्वदेश आइपुगेको बैंक स्रोतले बताएको छ । गभर्नर तीन सदस्यीय बैंक टोलीसहित असोज ३० गते त्यसतर्फ गएका थिए । 

श्रीमती सरिता अधिकारी पनि सँगै गएकी थिइन् । टोली सदस्यहरुमा बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र सहायक निर्देशक पुष्पचन्द्र खनाल थिए । भट्ट र खनाल यसअघि नै फर्केको बताइन्छ ।

टिप्पणीहरू