रवि लामिछानेलाई अदालत पुर्याइयो
सहकारी ठगी प्रकरणमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले आज चौंथो पटक म्याद थपका लागि उनलाई अदालत पुर्याएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा कात्तिक २ गते पक्राउ परेका रवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू