भारतीय सार्प सुटर बोलाएर आफ्नो हत्या गर्न लागेको दुर्गा प्रसाइको दाबी

भारतीय सार्प सुटर बोलाएर आफ्नो हत्या गर्न लागेको दुर्गा प्रसाइको दाबी
सुन्नुहोस्

विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । आफूलाई मार्न केही व्यवसायीहरुले भारतीय सार्प सुटरलाई सुपारी दिएको उनको दावी छ । 

प्रसाईका अनुसार विराटनगर निवासी दिपेन्द्र अग्रवाल, नेपाल बैंकर एसोसियशनका पूर्वअध्यक्ष पवन गोल्यान र विशाल ग्रुपका अनुज अग्रवालले भारतीय सार्प सुटर पप्पु यादवको समूहलाई सुपारी दिएका हुन् ।

‘....सुपारी दिएको जानकारी मलाई भरपर्दो स्रोतबाट आएको छ’, उनले भनेका छन्, ‘म यो देशका राष्ट्रप्रेमी नागरिकलाई चनाखो रहन आग्रह गर्दै नेपाल प्रहरी, आर्मी, नागरिक समाज, मानव अधिकारककर्मी सबैमा मेरो ज्यान खतरामा रहेको जानकारी गराउँदछु !’

प्रसाईले आफूलाई केही भइहालेमा त्यसको जिम्मेवार माथि उल्लेखित व्यक्तिहरु हुने पनि बताएका छन् । आफू मरे पनि आफ्नो विचार नपर्ने उनको जिकिर छ ।

टिप्पणीहरू