भारतबाट ड्रग्स भित्रिएकोमा खेलकुदमन्त्री चिन्तित

भारतबाट ड्रग्स भित्रिएकोमा खेलकुदमन्त्री चिन्तित
सुन्नुहोस्

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन् ।

काठमाडौंमा आज एक कार्यक्रममा बोल्दै उनले दुई देशबीच खुला सीमाना रहेकाले ड्रग्स आयात बढेको धारणा राखेका हुन् । ड्रग्स नियन्त्रणमा कसरी प्रभावकारी कदम चाल्ने भन्नेबारे भारतसँग छलफल गर्न आफूहरु तयार रहेको पनि उनले बताए।

नेपालमा विद्यालयस्तरबाटै चुरोट पिउने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा मन्त्री चौधरीको जोड छ । ड्रग्स नियन्त्रणका लागि पर्याप्त ऐन, कानून भएपनि सोचेजस्तो हुन नसकेकोमा उनले चिन्ता जनाए। 

'नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी त छैन । तर, ड्रग्स सप्लायर्स भारतबाट नै धेरै हुने गर्दछ । खुला सीमाका कारण वा अन्य कुनै कारण । खुला बोर्डर छ, गोजीमा राखेर पनि ल्याउँछ, यसको कुनै शंका उपशंका छैन । त्यसलै दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न नेपाल सरकार तयार छ’, मन्त्री चौधरीले भने ।  

ड्रग्स सेवनका कारण युवाहरु अपाङ्ग भएको उल्लेख गर्दै उनले यस विषयमा विश्व समुदाय नै चिन्तित रहेको सुनाए ।

टिप्पणीहरू