को को गए राष्ट्रपतिसँगै अजरबैजान ?
अजरबैजानको राजधानी बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रपतिकी श्रीमती सविता पौडेल,राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर,राष्ट्रपतिका जल तथा वातावरण विज्ञ डा. परमेश्वर पोखरेल छन् ।
त्यसैगरी प्रमुख स्वकीय सचिव एवम् छोरी अवज्ञा पौडेल,नेपाली सेनाका सहायक रथी मनोज बैदवार,राष्ट्रपतिका सञ्चार विज्ञ किरणकुमार पोखरेल, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा,परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई,शिष्टाचार महापाल विष्णुप्रसाद गौतम,उपसचिव पुरुषोत्तम ढुङ्गेल पनि टोलीमा छन् ।
बताइएअनुसार सेनानी हरिबहादुर श्रेष्ठ, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत प्रवीण भट्टराई,निजी चिकित्सक डा. निरज बम,नेपाल टेलिभिजनका क्यामेराम्यान उत्तम सिलवाल र सहयोगी प्रदीपमगर पनि आजैको उडानमा बाकु गएका छन् ।
टिप्पणीहरू