उपनिर्वाचनमा माओवादीले गठबन्धन नगर्ने

उपनिर्वाचनमा माओवादीले गठबन्धन नगर्ने
सुन्नुहोस्

आसन्न स्थानीय तह निर्वाचन नेकपा माओवादी केन्द्रले एकल प्रतिष्पर्धा गर्ने भएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले चुनावी तालमेल नगर्ने निर्णय गरेको हो । अन्य दलसँग तालमेलबिना नै चुनावमा जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यद्यपि स्थानीय आवश्यकताका आधारमा कतिपय स्थानमा भने विपक्षी मोर्चामा रहेका दलसँग तालमेल हुनसक्ने माओवादीको निर्णय छ । 

उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम बैठकले अनुमोदन गरेको सापकोटाले बताए ।

मङ्सिर १६ गते विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी रिक्त ४४ पदमा हुने उपचुनावका लागि मंसिर २ गते मनोनयन दर्ताको मिति तोकिएको छ 

सो समयसीमा नजिकिएसँगै दलहरु उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

 

टिप्पणीहरू