नागढुंगा आइपुगेका भारतीयको गुप्ताङ्गमा सुनको डल्लो
गुप्ताङ्गमा लुकाएर सुन ल्याएको अवस्थामा प्रहरीले एक भारतीय युवकलाई पक्रेको छ । विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोट, काठमाडौंबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
भारतीय उत्तर प्रदेश गोण्डाको कान्जे मोउ निवासी २७ वर्षीय कन्हैया लालले गुप्ताङ्गमा तीन सय ५६ ग्राम सुन लुकाएका थिए । प्रहरीका अनुसार कन्हैया लु.२ ख ६८५८ नम्बरको यात्रुवाहक बसमा बुटवलबाट काठमाडौंतर्फ आउँदै थिए ।
चन्द्रागिरी नगरपालिका–२, नागढुंगास्थित चेक प्लाइन्टमा बस चेकजाँच क्रममा उनले गुप्ताङ्गमा सुन लुकाएको पाइएको हो । कार्बनको कागजबाहिर खैरो रंगको टेप बेरेर लुकाईछिपाई सुन ल्याएका भारतीयमाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू