उता बितेका र बिदेशिएकाको नाम हट्यो,यता संख्या बढ्यो

उता बितेका र बिदेशिएकाको नाम हट्यो,यता संख्या बढ्यो

निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको निम्ति मतदाता संख्यालाई अन्तिम रुप दिएको छ । पछिल्लो छ महिनामा मुलुकभर ४० हजार मतदाता बढेको पाइएको छ । आयोग स्रोतका अनुसार गत बैशाख १५ गते सप्पन्न रिक्त संघीय सांसद र प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भन्दा अहिले ३९ हजार ८४९ मतदाता थपिएका हुन् । 

आयोगले यस पटक मतदाता नामावलीबाट सकेसम्म यसअघि बितेका मतदाताको नाम हटाउने अभियानै चलाएको थियो । सबै स्थानीय तहलाई यथासक्य छिटो घटना दर्ता विवरण पठाउन लिखित पत्र पठाइएको थियो । त्यसबाट मृतक मतदाताको नाम हटाएर अहिलेसम्म अपडेट भएको बताइन्छ ।

उताको पिआर, नागरिकता लिएपछि विशेष खालको एनआरएनए नागरिकता लिने होडबाजी नै चलाइएको छ । विदेशमा बस्नेमध्ये तीन हजारभन्दा बढीले त्यस्तो नागरिकता लिएको देखिन आएको छ ।

अर्कोतर्फ नेपाली नागरिकता त्यागेर विदेशमा बस्दै आएका मतदाताको नाममा पनि यस पटक रेजा लगाइएको छ । उताको पिआर, नागरिकता लिएपछि विशेष खालको एनआरएनए नागरिकता लिने होडबाजी नै चलाइएको छ । विदेशमा बस्नेमध्ये तीन हजारभन्दा बढीले त्यस्तो नागरिकता लिएको देखिन आएको छ ।

 
सरकारले विदेशमा बस्दै आएका नेपालीहरुको मागबमोजिम नागरिकताको नयाँ प्रबन्ध गरे पनि निर्वाचन कानुनले उनीहरुलाई नचिन्ने आयोगका अधिकारीहरुको भनाई छ । त्यसरी नयाँ नागरिकता लिएकाले विगतको वंशज वा आंगिक नेपाली नागरिकता त्याग्नै पर्छ । कानुनतः नागरिकता त्यागेका जोसुकैको मतदाता सूचीबाट नाम हट्छ । 

आयोगको पछिल्लो पहलबाट नयाँ इस्यु बहसमा आउने देखिन्छ । मतदातासहितको नेपाली एनआरएन नागरिक बन्न खोजेका विदेशमा बस्नेहरुको दाउमा आयोग बाधक बनिदिएको भन्न थालिएको छ । तर निर्वाचन आयोगका आयुक्तहरु यता मतदाता पनि भइरहने, उता एनआरएन नागरिकता लिइराख्ने कुरो सोह्रै आना नमिल्नेमा अडिग छन् ।

टिप्पणीहरू