दुई महिनाअघि स्थगित कार्यक्रम आज सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी सर्वसाधारणलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुुभएको छ ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुशी व्यक्त गर्दै राकम कर्णालीमा सय श्यैयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराउनुुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताउनुुभयो । प्रतिष्ठानको परिकल्पनादेखि आफूू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुुगेकामा खुुशी व्यक्त गर्दै दीक्षित विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्न शुुभकामना दिनुुभयो ।
‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईँहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुुहोस् ।’ दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, ‘म खुसी व्यक्त गर्न चाहान्छुु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनुु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’
संयुक्त राज्य अमेरिकाको हावर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा. डा. क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थीलाई दीक्षित भएका छन् । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी हुनुहुन्छ ।
यसअघि भदौ २३ गते हुने भनिएको दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएपछि अन्तिम समयमा स्थगित गरिएको थियो । सोही दिन उक्त समारोह आज हुने जानकारी गराइएको थियो ।
टिप्पणीहरू