रास्वपाको धर्ना, एमालेको प्रदर्शन
सहकारी ठगीमा समातिएका सभापति रवि लामिछाने रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध प्रदर्शन झेल्दै आएको पोखरामा सत्तारूढ दल नेकपा एमालेले पनि आन्दोलन थालेको छ ।
रविको पक्षमा रास्वपाका नेता–कार्यकर्ताले दिनहुँ पोखराको सडकमा नाराबाजी गरिररहँदा एमाले जनप्रतिनिधि भने पोखरा महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । केही दिनदेखि महानगर अगाडि विरोध गरिरहेका उनीहरुले आज पनि प्रदर्शन गरे ।
एमाले जनप्रतिनिधिले विशेष नगरसभा आह्वान गर्न माग गरेका छन् । भोलि लिखित मागपत्र बुझाउने तयारी गरेको सो पार्टीकी नेतृ राधिका शाहीले जानकारी दिइन् ।
यता, रास्वपा भने आज पनि धर्नामा छ । आन्दोलनलाई निरन्तरता दिने निर्णय मुताबिक आज धर्ना दिएको सांसद गणेश नेपालीले जानकारी दिए ।
सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा कात्तिक २ गते काठमाडौँबाट समातिएका लामिछानेमाथि अनुसन्धान जारी छ । राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई दुःख दिइएको भन्दै ३ गतेबाटै सडकमा उत्रिएको रास्वपा निरन्तर आन्दोलित छ । दुई दिनयता प्रदर्शन बन्द गरिए पनि धर्ना भने जारी रहेको नेपालीले बताए ।
लामिछाने भने अहिले रूपन्देहीमा छन् । बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनामा मुछिएका उनलाई अनुसन्धानका लागि हिजो त्यता लगिएको हो । अहिले जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान जारी
टिप्पणीहरू