रास्वपाको १७ ठाउँमा मात्रै उम्मेदवार टुंगो

रास्वपाको १७ ठाउँमा मात्रै उम्मेदवार टुंगो
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार चयन गरेको छ । 

स्थानीय तहका विभिन्न ४४ पदमा मङ्सिर १६ गते हुन लागेको उपचुनावका लागि रास्वपाले प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) बाट उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो । सोही अनुसार आज १७ उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

आज साँझ सार्वजनिक गरिएको सूचीमा दैलेखको महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजता फडेरा, जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षमा पार्वती पुन र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठलाई उम्मेदवार चयन गरिएको छ ।

त्यस्तै, काठमाडौ महानगरपालिका-१६ का लागि रोजिना श्रेष्ठ र कीर्तिपुर नगरपालिका-४ मा शुसिल बास्कोटा छनोट भएका छन् । उम्मेदवार छनोट बाँकी ठाउँमा अहिलेसम्म प्रक्रियामै रहेको सो पार्टीले जनाएको छ ।

टिप्पणीहरू