राप्रपा नेता दक्षिणपन्थी पार्टीहरुको उपाध्यक्षमा निर्वाचित

राप्रपा नेता दक्षिणपन्थी पार्टीहरुको उपाध्यक्षमा निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. गीताभक्त जोशी कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एशिया प्यासिफिक डेमोक्र्याट युनियन (एपिडियु) को उपाध्यक्षमा निर्वाचित भएका छन् । अष्ट्रेलियामा हालै सम्पन्न सम्मेलनमा राप्रपा कार्यसम्पादन समिति सदस्य डा. जोशीसहित अध्यक्षमा न्युजिल्याण्डका रक्षामन्त्री जुडिथ कोलिन्स र अस्ट्रेलियाको लिबरल पार्टीका नेता जोश मानुआतु महासचिवमा छनौट भएका छन् । मध्य तथा दक्षिणपन्थी दलहरु आबद्ध उक्त संस्थामा नेपालको राप्रपा मात्र सदस्य छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन, भारतीय जनता पार्टी (भाजपा), अष्ट्रेलियाको लिबरल पार्टी सदस्य रहेको युनियनमा क्यानडा,बंगलादेश,चिली, एल साल्भाडोर, इण्डोनेसिया, जपान, न्यूजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, पपुवान्युगिनी, फिजी, आर्मेनिया र ताइवानका कन्जरभेटिभ दलहरु आबद्ध छन् ।

एपिडियुको उपाध्यक्षमा निर्वाचित भएपछि डा. जोशी पार्टी अध्यक्षबाट सम्मानित भएका छन् ।

टिप्पणीहरू